पूर्वआइजिपी खनाल एमालेमा प्रवेश

काठमाडौं, ६ असोज । नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बिहीबार पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन् ।

पार्टी प्रवेशपछि खनालले एमाले प्रवेश गर्न पाउँदा हर्षविभोर भएको बताए ।

उनले भने, ‘आम नेपालीको अपेक्षा, देश विदेशको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपालीको नारा अघि बढाउने प्रणेताको हातबाट नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा खुसी छु’ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...