विवाह बन्धनमा बाँधिदैँ बुद्धि तामाङ
काठमाडौं, ६ असोज । चर्चित नेपाली अभिनेता बुद्धि तामाङले विवाह गर्ने भएका छन् । बुद्धिले मकवानपुरकी अनु थिङसँग शुक्रबार तामाङ परम्पराअनुसार विवाह गर्ने भएका हुन् ।

भक्तपुर कौशलटारस्थित एक पार्टी प्यालेसमा दुवै पक्षको परिवारका सदस्यको उपस्थितिमा विवाह हुन लागेको हो ।

हाँस्य अभिनेता बुद्धिले छक्का पञ्जा र कबड्डीसहित अन्य थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका छन् ।
३० वर्षीया अनु थिङ हाल स्नातक तहमा अध्ययनरत विद्यार्थी समेत हुन् ।