श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

कैलाली, ६ असोज । कैलालीमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । बिहिबार विहान कैलालीको गौरीगंगा-५ की ३२ वर्षीया श्रीमती ललिता नाम्जाली मगरको हत्या गरेको आरोपमा ३४ वर्षीय शेरबहादुर नाम्जाली मगर पक्राउ परेका हुन् ।

बुधबार मात्र भारतबाट घर फर्किएका शेरबहादुरले राति श्रीमतीमाथि कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि फरार भएका उनलाई गौरीगंगा-५ को कोहलपुरबाट पक्राउ गरिएको हो ।

त्यसैगरी उनका छोरी समेत धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी छन् । घाँटीमा चोट लागेकी उनको उपचार भइरहेको छ । छोरा भने सामान्य घाइते छन् ।

प्रहरीका अनुसार अहिले शेरबहादुरलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय