स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मियाँ एमालेमा

काठमाडौं, ६ असोज । काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा चुनावका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अब्दुस मियाँ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बिहीबार एमालेको पार्टी कार्यालय, च्यासलमा भएको कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले मियाँलाई पार्टी प्रवेश गराएका हुन् ।

मियाँले यसअघि विवेकशील साझा पार्टी परित्याग गरी काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका थिए ।

त्यसैगरी पूर्व प्रहरी महानिरीक्षक सर्वोन्द्र खनाल पनि एमाले प्रवेश गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...