वीरेन्द्र क्याम्पसमा बिबिएको वर्कशप सञ्‍चालन

चितवन, ५ असोज । चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा दुईदिने समर प्रोजेक्ट वर्कशप सञ्‍चालन गरिएको छ । क्याम्पसको नौबिगाह भवनमा वर्कशपको आयोजना गरिएको हो ।

ब्याचलर अफ बिजनेश एडमिनिस्ट्रेशन बिबिएको सातौं सेमेस्टरका विद्यार्थीहरुको विषयमध्येको एक विषय ‘समर प्रोजेक्ट’ (Summer Project) पनि रहेको छ । सोही कार्यमा विद्यार्थीको सहजताका लागि जानकारीमूलक वर्कशप आयोजना गरिएको क्याम्समा व्यवस्थापन संकायका प्रमुख वैकुण्ठ भुसालले जानकारी दिए ।

वर्कशपमा विद्यार्थीहरुलाई विभिन्‍न प्राविधिका तथा उपयोगी जानकारी दिनका लागि त्रिभुवन विश्‍वविद्यालयबाट प्रोफेसर भोजराज अर्याल र प्रोफेसर रामजी गौतम पनि आउनुभएको छ ।

आज विद्यार्थीहरुले प्रतिवेदन बनाउने प्रमुख विषय तथा प्रतिवेदन बनाउँदा ध्यान दिनुपर्ने कुराहरु र समावेश गर्नुपर्ने कुराहरुको बारेमा जानकारी गराइएको छ भने भोलि विद्यार्थीहरुको जिज्ञासासहित उनीहरुले छानेका विषयका बारेमा छलफल हुने छ ।

वर्कशपले विद्यार्थीहरुको लेखन सीप र रचनात्मक क्षमता विकासका लागि पनि सहयोग पुग्‍ने बिबिएका निर्देशक सुदिप वाग्लेको भनाइ थियो ।

कार्यक्रममा यसै क्याम्पसका एमिबएस विभाग प्रमुख एवं प्राध्यापक उदयकुमार श्रेष्ठले सहजीकरण कार्य गराएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय