चट्याङ् लागेर सर्लाही र मकवानपुरमा एक-एकजनाको मृत्यु

सर्लाही, ४ असोज । सर्लाही र मकवानपुरमा चट्याङ् लागेर एकएकजनाको ज्यान गएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिकामा चट्याङ लाग्दा एकजनाको मृत्यु भएको हो भने अन्य ४ जना घाइते भएका छन् ।

ईश्वरपुर– १२ घारिवथानस्थित गुईडुङमा सोमबार चट्याङ खस्दा एक जनाको मृत्यु भएको र ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

चट्याङले लागेर गम्भीर घाइते भएका २८ वर्षीय प्रेमबहादुर घलानको उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी मकवानपुरको वकैया गाउँपालिकामा पनि गएराति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । वकैया-११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन घरमै बसिरहेको अवस्थामा चट्याङ् लागेको रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय