काठमाडौं-३ बाट निरन्जनको स्वतन्त्र उम्मेदवारी

काठमाडौं, ४ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मुख्य राजनीतिक दलले उम्मेदवारको टुङ्गो लगाउन नसकिरहेको अवस्थामा स्वतन्त्र व्यक्तिहरुले भने विभिन्‍न क्षेत्रबाट आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गरिरहेका छन् ।

यसै क्रममा काठमाडौं क्षेत्र नं-३ बाट स्थानीय युवा निरन्जन पुडासैनीले सोमबार एक कार्यक्रम गर्दै स्वतन्त्र उम्मेद्वारीको घोषणा गरेका छन । उनले उम्मेदवारी घोषणा गर्दा स्वतन्त्र अभियान चलाइरहेका अर्जुन प्रसाइलगायतहरु पनि उपस्थित थिए । प्रसाईं आफै पनि काठमाडौ क्षेत्र नं-४ का स्वतन्त्र उम्मेदवार हुन् ।

उम्मेदवारी घोषणा गर्दै पुडासैनीले काठमाडौं क्षेत्र नं-३ को विकास आयोजनालाई मुर्त रुप दिने गरि आफुले काम गर्ने बताए । उनले अहिलेसम्म राजनीतिक दलले गर्न नसकेको भौतिक पूर्वाधार, सामाजिक विकास र अन्य विकास आयोजनाबारे आफुले ध्यान दिने पनि सुनाए ।

उनले आफ्नो एजेन्डामा धार्मिक र सांस्कृतिक सम्पदाको प्रवर्धन, स्थानीय रुपमा उत्पादन हुने घरेलु मदिराको प्रवर्द्धन र कानुनी मान्यता, जगडोल सामुदायिक वन र पार्कको मौलिक विकास, नेपाली मौलिक परम्परा र संस्कृतिको संरक्षण जस्ता विषयहरु समेटेको बताए ।

लामो समयदेखि बागमती सभ्यता संरक्षण अभियानमा सक्रिय रहदै समाजसेवा पनि गर्दै आएका पुडासैनीले दलहरूले आफू बाहेक जनताको समस्या नबुझेको र बागमती सभ्यताको परिणाममुखी संरक्षण र यस क्षेत्रको समग्र विकासका लागि आफुले स्वतन्त्र उम्मेद्वारी दिएको बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय