काठमाडौंमा एक पुरुष मृत फेला

सांकेतिक तस्वीर

काठमाडौं, २ असोज । काठमाडौंमा एक पुरुषको शव फेला परेको छ । आइतबार विहान काठमाडौं महानगरपालिका ९ स्थित गैरीगाउँमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अन्दाजी ३० वर्षीय पुरुषको शव सडकमुनि फेला परेको हो । पुरुषको टाउकोमा चोट देखिएको छ भने रगत बगेको पनि देखिएको छ ।

शव फेला परेपछि घटनास्थलमा प्रहरी र तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ ।

घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय