चितवनमा युवा गायक सुजन चापागाईंको प्रस्तुति हुँदै
चितवन, २ असोज । चर्चित युवा गायक सुजन चापागाईले चितवनमा एकल सांगितिक प्रस्तुति दिने भएका छन् । हेन्ड ईन हेन्ड इभेन्ट चितवनको आयोजनामा सुजनले आफ्नै गृहजिल्लामा शो गर्न लागेका हुन् ।
एकल शो यही असोज ८ गते भरतपुरस्थित चितवन गार्डेन रिसोर्टमा हुने जनाइएको छ । कार्यक्रम बेलुकी ६ बजेदेखि राति ९ बजेसम्म चल्ने छ । म्युजिकल शोमा सुजनले आफ्ना चर्चित गीतहरु तिनपाते, गालापुक्क, लजाएर, चुलबुल चुलबुल, घुमिघुमी गीत प्रस्तुत गर्ने छन् भने त्यसबाहेक अन्य प्रस्तुतिमार्फत् पनि मनोरञ्जन दिलाउने छन् ।
शो हेर्नका लागि एक हजार रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । टिकट ‘आईएमई पे’मार्फत पनि खरिद गर्न सकिने छ ।