चोलेन्द्रलाई सर्वोच्चमा प्रवेश गर्नै दिँदैनौं: नेपाल बार

काठमाडौं, २ असोज । नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ ।

आइतबार विहान बसेको एसोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले जनाएका छन् । ‘हामीले सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्नेछौं, जबरा भित्र जाने कुरा कल्पना पनि गर्न सकिंदैन’, घिमिरेले भने ।

जबराले शनिबार अपराह्‍न कायम मुकायम मुख्य रजिष्ट्रार नारायण पन्थीलाई फोन गरेर आफू सर्वोच्च अदालत फर्किने बताएका थिए ।

जबरा सर्वोच्च अदालत फर्किन लागेको हल्लापछि सर्वोच्च अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय