भरतपुर महानगरमा ‘मेयर उद्यमशीलता’ तालिम

रासस

काठमाडौं, २ असोज । भरतपुर महानगरपालिकाले दुई हजार युवालाई निःशुल्क तालिम दिने भएको छ । तालिममा सहभागी हुनका लागि आवेदनसमेत माग गरिसकेको छ ।

यसका लागि भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने, कम्तीमा ८ कक्षा उत्तीर्ण र १८ वर्ष पूरा गरी ४० वर्ष नपुगेका व्यक्तिले सहकारी प्रवर्द्धन शाखामा सम्पर्क गर्नुपर्ने महानगरले जनाएको छ ।

आर्थिक वर्ष २०७९-८० को सहकारी कार्यक्रम तथा प्रवर्द्धन नीति तथा कार्यक्रमबमोजिम सैलुन, प्लम्बर, इलेक्ट्रिसियन, ड्राइभिङ र मागमा आधारित ‘मेयर उद्यमशीलता’ तालिम दिन लागिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मागका आधारमा न्यूनतम छ महिनाको निःशुल्क तालिम प्रदान गर्न लागिएको जानकारी दिएकी छन् । युवाले इच्छा गरेअनुरुप महानगरपालिकाले प्राविधिक तालिम प्रदान गरिने जनाइएको छ ।

प्रमुख दाहालले रोजगारी प्रर्वद्धन गर्ने स्थानीय सरकारको दायित्व भएकाले बढीभन्दा बढी रोजगारी प्रवद्र्धन गर्ने उद्देश्यले तालिम दिन लागिएको बताइन् । महानगरपालिकाले चालु आवमा युवालाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रवद्र्धन गर्न रु एक करोड ५० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिइन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • पूर्वराजा ज्ञानेन्द्रसँगको भेट…

    म बाहिरबाट आएर घरको भर्‍याङ चढ्दै थिएँ, टेलिफोनको घण्टी सुनियो । कोठाभित्र पसेर टेलिफोन उठाएँ । त्यस बेलाका त्रिभुवन विश्वविद्यालयका...