राजमार्गका होटल कहिले सुध्रिन्छन् ?

काठमाडौं, १ असोज । चाडपर्व नजिक आउँदै गर्दा राजधानी काठमाडौं भित्रिनेभन्दा यहाँबाट बाहिरिनेहरु बढी हुन्छन् । पृथ्वी राजमार्ग, बिपी राजमार्ग, महेन्द्र राजमार्ग, कान्ति राजपथ र अरनिको राजमार्ग भएर नेपालको संघीय राजधानी काठमाडौ भित्रिने र राजधानीबाट बाहिरिनेहरु दैनिक हजारौं हुन्छन् तर दशैं लागेपछि यो संख्या दैनिक लाख हुन्छ ।

यसरी दैनिक आउजाउ गर्ने सबभन्दा मुख्य राजमार्ग पृथ्वी राजमार्ग हो । भन्दा काठमाडौं-पोखराको २०० किलोमिटरलाई पृथ्वी राजमार्ग भनेपनि सबैजसो सहायक मार्गबाट आएर मिसिने यही राजमार्ग हो । तर, दैनिक आउजाउ गर्ने यात्रुलाई खाना, खाजा खुवाउने राजमार्गका होटल भने कमाउ धन्दामा सक्रिय छन् । यहाँका होटलमा बेला-बेला प्रशासनले गुणस्तर र मुल्यको कुरामा अनुगमन गरेपनि राजमार्गमा रहेका होटेल तथा रेस्टुरेन्टले यात्रुलाई ठग्‍न छाडेका छैनन् ।

खानेकुराको कमजोर गुणस्तर, बासी खाना र त्यसमाथि मूल्य भने अप्रत्याशित महँगो हुने गरेको छ । यात्रुलाई बसले लगेर खाना खाजाको लागि ओराल्ने होटल पनि बसवाला सँग सेटिङमा मिलाइएको हुन्छ । जहाँ गइसकेपछी यात्रुले नखाइ सुखै हुन्‍न । सामान्य चना आलु तरकारी, रोटीको मूल्य नै अप्रत्याशित छ । त्यसमाथि मासु खायो भने बस भाडा भन्दा खाना खाजा महङ्गो ।

केही समय अगाडि होटल तथा खाजा घरहरूको अनुगमन गर्दा उपभोक्ता हित विपरीत काम गर्ने ११ होटललाई कारबाही गरिएको थियो । टोलिले गल्छी गा.पा.– ७, भल्टारमा रहेको जुनतारा रेष्टुरेन्ट एण्ड लज र न्यू लुम्बिनी होटललाई १०/१० हजारका दरले जरिवाना गराइएको घरेलु कार्यालय धादिङले जनाएको छ ।

त्यस्तै बेनीघाट रोराङ गा.पा.–३ सलाङघाटमा रहेको सफल होटललाई १० हजार, बेनीघाट रोराङ गा.पा.–७ खटौलीमा रहेको नेपाल माइक्रो खाना एण्ड खाजा घरलाई १० हजार, बेनीघाट रोराङ गा.पा–७ खोष्टे मा रहेको– युनिक हाइवे होटललाई १० हजार, बेनीघाट रोराङ गा.पा.– ५ विशालटारमा रहेको बुढिगण्डकी हाइवे रेष्टुरेन्टलाई ५ हजार र बेनीघाट रोराङ गा.पा.–३ सलाङघाटमा रहेको चितवन स्टाफ होटललाई २० हजार जरिवाना गरिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय