गोरखापत्रको फेसबुक पेज ह्याक
काठमाडौं, ३१ भदौ । गोरखापत्र दैनिकको फेसबुक पेज ह्याक भएको छ ।
सोमबारदेखि गोरखापत्रको फेसबुक पेज ह्याक भएको गोरखापत्रका निमित्त प्रधान सम्पादक शिव कुमार भट्टराईले जानकारी दिए ।
सोमबारदेखि पेज एक्कासी ह्याक भएको र तीन दिनदेखि समाचार पोस्ट हुन नपाएको भट्टराईले बताए ।
यस विषयमा नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिइसकेको जनाइएको छ ।