‘छक्का पञ्‍जा-४’ यसपटक होलीमा

काठमाडौं, ३१ भदौ । चर्चित नेपाली चलचित्र ‘छक्कापञ्जा ४’ आगामी फागुनमा प्रदर्शनमा आउने भएको छ ।

निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै चलचित्र फागुन १९ गते रिलिज हुने जनाएका हुन् ।

फागु पूर्णिमा अर्थात् होलीको छेको पारेर चलचित्र रिलिज गर्न लागिएको हो ।

यसअघि चलचित्र कात्तिकमै रिलिज हुने चर्चा थियो ।

चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय