आर्मीको जीतसँगै चितवन गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चितवन, ३० भदौ । चितवनको भरतपुरमा जारी चितवन गोल्डकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहिबार अन्तिम क्‍वाटरफाइनल खेल सम्पन्‍न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।

बिहिबार भएको अन्तिम क्‍वाटरफाइनलमा नेपाल आर्मी क्लबले नवजनजागृति युथ क्लब सिमरालाई ३-२ गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।

आर्मीको जीतमा जर्जप्रिन्स कार्की, बिमल पाण्डे र सुदिश राइले १-१ गोल गरे । सिमराका अनिश चौधरी र सुरेश कुमालले १-१ गोल गरे ।

खेलको १६औं मिनेटमा कप्तान जर्ज प्रिन्सको गोलमार्फत आर्मीले अग्रता लिएको थियो । २२औं मिनेटमा सिमराका सुरेशले आकर्षक गोल गर्दै खेल बराबरीमा ल्याए । २६औं मिनेटमा बिमलले गोल गरेपछि पहिलो हाफमा आर्मीले २-१ को अग्रता लिएको थियो ।

दोस्रो हाफको सातौं मिनेटमा सुदीलले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । दोस्रो हाफको १९औं मिनेटमा आर्मीका खेलाडीले डिबक्स भित्र ह्याण्ड गरेपछि रेफ्रीले सिमरालाई पेनाल्टीको अवसर दिए जसमा अनिशले गोल गर्दै सिमरालाई खेलमा फर्काउन प्रयास गरे । यद्यपि त्यसपछि थप गोल भएनन् र आर्मीले अन्तिम चारमा स्थान बनायो ।

आर्मीले अब सेमिफाइनलमा क्यामरुनको एभिनुर एफसीसँग शनिबार प्रतिस्पर्धा गर्ने छ । त्यसअघि भोलि शुक्रबार पहिलो सेमिफाइनलमा मनाङ एफसी र एपिएफ क्लब भिड्ने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय