बागमतीलाई सडन डेथमा हराउँदै मनाङ चितवन गोल्डकपको सेमिफाइनलमा

चितवन, २८ भदौ । मनाङ एफसी चितवनको भरतपुरमा जारी चितवन गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार विहान भएको टाइब्रेकरमा बाग्मती नगरपालिकालाई ५-४ ले हराउँदै मनाङ अन्तिम चारमा प्रवेश गरेको हो ।

सोमबार भएको क्‍वाटरफाइनल खेलको निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । वर्षाका कारण केही ढिला सुरु भएको खेल बराबरी भएपछि निर्धारित समय सकिँदा अँध्यारो हुँदै गएपछि खराब प्रकाशका कारण टाइब्रेकर भने आज खेलाइएको हो ।

टाइब्रेकरमा ४-४ भएर सडन डेथमा पुग्दा मनाङका गोलकिपर अशोक बरालले बागमतीको प्रहार रोकेका थिए भने मनाङका आमिर श्रेष्ठले गोल गरेका थिए ।

प्रतियोगितामा मङ्गलबार दिउँसो रुपन्देहीको फर्साटिकर एफसी क्लब र क्यामरुनको एभिनुर एफसी भिड्नेछन् । खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।

भरतपुर फुटबल क्लबको आयोजनामा सुरु भएको गोल्डकपमा स्वदेशी र विदेशी गरी १० टोली सहभागी भएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय