चितवन गोल्डकप: मनाङ र बागमतीबीच बराबरी, टाइब्रेकर भोलि

चितवन, २७ भदौ । चितवनको भरतपुरमा जारी चितवन गोल्डकप फुटबलको पहिलो क्‍वाटरफाइनल खेलमा मनाङ एफसी र बागमती नगरपालिकाले बराबरी खेलेका छन् ।

सोमबार भएको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका हुन् । खेलको पहिलो हाफमा बागमतीले गोल गर्दै अग्रता बनाएको थियो भने दोस्रो हाफमा मनाङका फोफानाले बराबरी गोल फर्काए ।

वर्षाका कारण केही ढिला सुरु भएको खेल बराबरी भएपछि टाइब्रेकर भने भोलि खेलाइने छ । निर्धारित समय सकिँदा अँध्यारो हुँदै गएपछि खराब प्रकाशका कारण टाइब्रेकर गर्न नसकिएको हो ।

प्रतियोगितामा मङ्लबार दिउँसो एपिएफ क्लब र क्यामरुनको एभिनुर एफसी भिड्नेछन् । खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।

भरतपुर फुटबल क्लबको आयोजनामा सुरु भएको गोल्डकपमा स्वदेशी र विदेशी गरी १० टोली सहभागी भएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...