त्रिचन्द्र कलेजमा नेविसंघ र प्रहरीबीच ढुङ्गा हानाहान

– तस्वीरः सेतोपाटी मिडिया

काठमाडौं, २६ भदौ । काठमाडौंको दरबारमार्गस्थित त्रिचन्द्र कलेजमा काँग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र प्रहरीबीच ढुंगा हानाहान भएको छ ।

नागरिकता विधेयकलाई प्रमाणिकरण गर्न ढिलाइ गरेको भन्दै नेविसंघले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको थियो । त्यस क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुंगा प्रहार गरेको हो ।

नेविसंघले क्याम्पसभित्रबाट  प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पनि क्याम्पसभित्र रहेका नेविसंघ कार्यकर्तामाथि प्रहार गरेको थियो ।

स‌ंसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपतिकहाँ पुगेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय