त्रिचन्द्र कलेजमा नेविसंघ र प्रहरीबीच ढुङ्गा हानाहान

– तस्वीरः सेतोपाटी मिडिया

काठमाडौं, २६ भदौ । काठमाडौंको दरबारमार्गस्थित त्रिचन्द्र कलेजमा काँग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र प्रहरीबीच ढुंगा हानाहान भएको छ ।

नागरिकता विधेयकलाई प्रमाणिकरण गर्न ढिलाइ गरेको भन्दै नेविसंघले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको थियो । त्यस क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुंगा प्रहार गरेको हो ।

नेविसंघले क्याम्पसभित्रबाट  प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पनि क्याम्पसभित्र रहेका नेविसंघ कार्यकर्तामाथि प्रहार गरेको थियो ।

स‌ंसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपतिकहाँ पुगेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...