जबराको बयान आज पनि लिइँदै
काठमाडौं, २६ भदौ । महाअभियोग लागेपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान आज पनि हुँदै छ ।

महाअभियोग सिफारिस समितिको आज दिउँसो साढे १२ बजे बस्ने बैठकमा जबराको बयान हुने छ ।

जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले १ फागुनमा महाअभियोग दर्ता गरेका थिए । त्यसलगत्तै उनी पदबाट निलम्बनमा परेका थिए ।
महाअभियोग सिफारिस समितिले उनीसँग भदौ १५ गतेदेखि बयान लिन सुरु गरेको थियो ।
बयानका क्रममा जबराले महाअभियोग प्रस्ताव निरर्थक भएको पनि बताएका थिए ।