उच्च रक्तचाप र तनावबाट छुटकारा पाउनका लागि आजैबाट यी योगासन सुरु गर्नुहोस्
आजकल तनाव मानिसहरुको जीवनको एक महत्वपूर्ण हिस्सा नै बनेको छ । त्यसमाथि पनि अहिलेको समयमा भइरहेको महङ्गीदेखि लिएर आर्थिक संकटले यस रोगलाई थप बढाउने काम गरिरहेको छ । जसका कारण मानिसहरू चिन्तित र बिरामी हुँदैछन् ।
यदि तपाईं पनि तनावग्रस्त हुनुहुन्छ र उच्च रक्तचापको सामना गर्दै हुनुहुन्छ भने अब ढिला नगरी योगलाई दिनचर्यामा समावेश गर्नुहोस् ।
योगले मानसिक समस्याहरू कम गर्नमा धेरै मद्दत गर्दछ । यद्यपि यो कुनै जादू भने अवश्य होइन तर निरन्तर योग अभ्यासले तपाईंलाई स्वस्थ जीवनशैली अपनाउन मद्दत गर्दछ जसले गर्दा तपाईं प्रफुल्लित हुनुहुनेछ र तनाव पनि कम हुन्छ ।
यी योगासनहरूको अभ्यास गर्नाले त्यस्ता समस्याहरु कम गर्न मद्दत पुर्याउँदछ ।
बालासन
बालसानलाई बाल पोज पनि भनिन्छ। यो आसन गरेर व्यक्ति तनाव वा उच्च रक्तचापबाट राहत पाउन सक्दछ । यो आसन गर्नाले रक्त संचार सम्पूर्ण शरीरमा सजिलो रुपले प्रवाह हुन्छ । बालासन श्वासप्रश्वास प्रक्रियामा पनि केन्द्रीत हुन्छ, जसले तनाव कम गर्न मद्दत गर्दछ ।
शवासन
शरीरलाई आराम दिन र मस्तिष्कलाई शान्तिको लागि शवासन धेरै फाइदाजनक हुन्छ। शवासनले उच्च रक्तचाप र अनिद्राको समस्या हटाउन मद्दत गर्दछ। यो आसन गर्नका लागि पनि धेरै सजिलो छ ।
सुखासन
श्वासप्रश्वास प्रक्रियासँग सम्बन्धित यस आसनबाट तनाव कम गर्न मद्दत पुग्छ । सुखासनको कार्य गर्नाले दिमागले शान्ति पाउनुका साथै उच्च रक्तचापको समस्यालाई पनि परास्त गर्न सकिन्छ ।
सेतुबंधासन
सेतुबंधासन गर्ने क्रममा शरीर पोज जस्तो हुन्छ। यस आसनको दैनिक अभ्यासले डिप्रेसन र तनाव कम गर्न मद्दत गर्दछ । यसले दिमाग शान्त गर्ने हुनाले यो आसन उच्च रक्तचाप र माइग्रेन रोग भएका व्यक्तिहरुलाई फलदायी हुन्छ ।
भुजंगासन
भुजंगासन गर्नाले शरीर लचिलो हुन्छ र कम्मर दुख्ने समस्या पनि कम हुने गर्दछ । यसले पेटको बोसो पनि घटाउँदछ । भुजंगासन दमका बिरामीहरूका लागि धेरै फाइदाजनक छ । त्यसैगरी, यो आसनबाट तनाव र उच्च रक्तचाप पनि कम हुने गर्दछ ।