चितवन गोल्डकप फुटबलमा भरतपुर एफसीको विशाल जीत

चितवन, २६ भदौ । चितवनको भरतपुरमा शनिबारदेखि सुरु भएको चितवन गोल्डकप फुटबलमा आयोजक भरतपुर एफसीले विजयी सुरुवात गरेको छ ।

भरतपुरले भारतको मोतिहारी एफसीलाई ९ ० को विशाल अन्तरले हराएको हो ।

भरतपुरको जीतमा राज भुसालले दोहोरो ह्याट्रिक गरे भने रञ्‍जित मगरले २ गोल गर्दा रोशन क्षेत्रीले एक गोल गरे ।

प्रतियोगितामा आइतबार सिमराको नव जनजागृति युवा क्लब र मकवानपुर एघार भिड्नेछन् । खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।

भरतपुर फुटबल क्लबको आयोजनामा सुरु भएको गोल्डकपमा स्वदेशी र विदेशी गरी १० टोली सहभागी भएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • सक्षम प्रधानमन्त्रीलाई बधाई !

    आज फागुन २१ नेपालीका लागि ऐतिहासिक दिन सावित भएको छ। देशकै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै दिन आज प्रतिनिधि...