चितवन गोल्डकप फुटबल आजदेखि सुरु हुँदै

चितवन, २५ भदौ । चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । भरतपुर फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता चितवनमा सर्वाधिक पुरस्कार राशीको गोल्डकप हो ।

असोज ३ गतेसम्म क्याम्पाचौरमा चल्ने गोल्डकपको सम्पूर्ओ तयारी पुरा भएको छ । गोल्डकप अवलोकन गर्न करिब चार हजार दर्शक अट्ने गरेर प्याराफिट निर्माण गरिएको छ ।

गोल्डकपको उद्घाटन खेलमा शनिबार आयोजक भरतपुर फुटबल क्लब र भारतको मोतिहारी एफसी भिड्नेछन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

गोल्डकपमा स्वदेशी र विदेशी गरी १० टोलीको सहभागिता रहेको छ । आयोजक भरतपुर एफसी, त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, मनाङ एफसी, फर्साटिकर एफसी, बागमती नगरपालिका, मकवानपुर ११, नव जनजागृति युवा क्लब सिमरा, क्यामरुनको अफ्रिकन युनाइटेड र भारतको मोतिहारी एफसी सहभागी हुनेछन् ।

गोल्डकप विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...