चितवन गोल्डकप फुटबल आजदेखि सुरु हुँदै
चितवन, २५ भदौ । चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । भरतपुर फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता चितवनमा सर्वाधिक पुरस्कार राशीको गोल्डकप हो ।
असोज ३ गतेसम्म क्याम्पाचौरमा चल्ने गोल्डकपको सम्पूर्ओ तयारी पुरा भएको छ । गोल्डकप अवलोकन गर्न करिब चार हजार दर्शक अट्ने गरेर प्याराफिट निर्माण गरिएको छ ।
गोल्डकपको उद्घाटन खेलमा शनिबार आयोजक भरतपुर फुटबल क्लब र भारतको मोतिहारी एफसी भिड्नेछन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
गोल्डकपमा स्वदेशी र विदेशी गरी १० टोलीको सहभागिता रहेको छ । आयोजक भरतपुर एफसी, त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, मनाङ एफसी, फर्साटिकर एफसी, बागमती नगरपालिका, मकवानपुर ११, नव जनजागृति युवा क्लब सिमरा, क्यामरुनको अफ्रिकन युनाइटेड र भारतको मोतिहारी एफसी सहभागी हुनेछन् ।
गोल्डकप विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ ।