चितवन पुगेर देउवाले भने- गठबन्धनविरुद्ध नबोल्नुस्

चितवन, २५ भदौ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा रहेका दल र तिनका नेताविरुद्ध नबोल्न आफ्नो पार्टीका नेता कार्यकर्तालाई अनुरोध गरेका छन् ।

शुक्रबार चितवन पुगेर बोल्दै देउवाले काँग्रेसका कुनैपनि नेताले गठबन्धनविरुद्ध बोल्नु भनेको काँग्रेसलाई नै सिध्याउन खोज्‍नु हो भनेर टिप्पणी समेत गरेका थिए ।

माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेर पार्टीलाई बढीभन्दा बढी फाइदा लिने प्रयासमा पार्टी नेतृत्व लागेको पनि उनले बताए ।

गठबन्धनका कारण काँग्रेसले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री प्राप्त गर्ने अवसर प्राप्त गरेको भन्दै काँग्रेस सभापति देउवाले अझै पनि गठबन्धनलाई निरन्तरता दिएरै काँग्रेस बलियो हुने तर्क गरे । उनले कोही कसैले चाहेर कुनै हालतमा पनि गठबन्धन नटुट्ने समेत दोहोर्याए ।

चितवनमा आयोजित विभिन्‍न कार्यक्रमको लागि प्रधानमन्त्री देउवा नेपाली सेनाको हेलिकप्टरमार्फत चितवन आएका थिए । उनी कार्यक्रमपछि शुक्रबार नै काठमाडौ फर्किसकेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय