सन्दीपले भने- म निर्दोष छु, केही दिनमै नेपाल आउने छु
काठमाडौं, २४ भदौ । जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् ।
उनले शुक्रबार विहान सामाजिक सञ्जालमा लेख्दै आफु निर्दोष भएको र नेपालको कानुनको सम्मान गर्दै केही दिनमा नेपाल फर्किने कुरा उल्लेख गरेका हुन् ।
उनले भनेका छन् म निर्दोष छु कानुनको सम्मान गर्दछु । म सिपीएलबाट बिदा लिँदै केही दिनमा आफ्नै देश फर्किने निर्णय गरेको छु । मविरुद्धको झुटो आरोप सबै सामना गर्न तयार छु । आशा छ निर्दोषले न्याय पाउने छ’ ।