सन्दीप लामिछाने राष्ट्रिय टोलीबाट निलम्बित

काठमाडौं, २३ भदौ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।

उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएकी थिइन् । बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ ।

पूर्जी जारी भइसकेका कारण बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय