नेविसंघको आयोजनामा वीरेन्द्र क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्‍न

चितवन, २३ भदौ । नेपाल विद्यार्थी संघ (नेविसंघ) वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ समितीको आयोजनामा क्याम्पसमा बिहिबार रक्तदान कार्यक्रम सम्पन्‍न भएको छ ।

जननायक बिपी कोइरालाको १०९औं जन्मजयन्तीको अवसर पारेर क्याम्पसको नौबिगाहा भवनमा कार्यक्रम आयोजित गरिएको थियो ।

रक्तदान कार्यक्रममा २१ जना महिला र ८० जना पुरुष गरी १०१ जनाले रक्तदान गरेको जनाइएको छ ।

कार्यक्रमका विशिष्ट अतिथि एवम् काङ्ग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनालले जिल्लामा रगतको अभाव हुँदै जादा रक्तदान जस्तो पुण्य कार्य गरेकोमा नेविसंघ वीरेन्द्र बहुमुखी क्याम्पस इकाइलाई धन्यवाद व्यक्त गरे ।

त्यस्तै कार्यक्रमका अध्यक्ष नेविसंघ वीरेन्द्र इकाइका सभापति कुमार जोशीले आफ्नो अमुल्य रगत दान गर्ने स्वयंसेवक, रक्तदाता लगायत अन्य सहयोगीहरुलाइ धन्यवाद दिएका थिए ।

कार्यक्रममा काङ्ग्रेस केन्द्रिय सदस्य श्याम कुमार घिमिरे, निर्वतमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ, जिल्ला उपसभापति राजीव न्यौपाने, महाधिवेशन प्रतिनिधि निलकण्ठ रिजाल, क्याम्पस प्रमुख दयाराम पौडेल लगायतको अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई नेविसंघ वीरेन्द्र बहुमुखी क्याम्पस इकाई समितिका सचीव प्रेम भट्टराईले सहजिकरण गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय