सन्दीप लामिछानेविरुद्ध यौन दुर्व्यवहारको उजुरी
काठमाडौं, २१ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको आरोपसहित किटानी जाहेरी परेको हो ।
प्रहरीको उच्च स्रोतले सन्दीपविरुद्ध उजुरी परेको पुष्टि गरेको भएपनि यसबारेमा विस्तृतमा बताएको छैन ।
सन्दीप भने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न हाल देशबाहिर रहेका छन् ।