एमाले उपाध्यक्ष ‘बादल’लाई मातृशोक

चितवन, १९ भदौ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई मातृशोक परेको छ ।

बादलकी आमा नन्दकुमारी थापाको ९४ बर्षको उमेरमा आइतबार विहान ७ बजे चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो ।

नन्दकुमारीको आजै देवघाटमा अन्तिम संस्कार गरिने परिवार स्रोतले जनाएको छ ।

दीर्घरोगका कारण थापा लामो समयदेखि थलिएकी थिइन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...