एमाले उपाध्यक्ष ‘बादल’लाई मातृशोक
चितवन, १९ भदौ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई मातृशोक परेको छ ।
बादलकी आमा नन्दकुमारी थापाको ९४ बर्षको उमेरमा आइतबार विहान ७ बजे चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो ।
नन्दकुमारीको आजै देवघाटमा अन्तिम संस्कार गरिने परिवार स्रोतले जनाएको छ ।
दीर्घरोगका कारण थापा लामो समयदेखि थलिएकी थिइन् ।