मुस्ताङका लागि उडेको सात मिनेटमै जहाज आपतकालीन अवतरण
पोखरा, १९ भदौ । पोखराबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाज आपतकालीन अवतरण गरिएको छ ।
विहान७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको सात मिनेटमै पुनः पोखरा विमानस्थालमा नै आपतकालीन अवतरण गराइएको हो ।
१८ यात्रु लिएर उडेको जहाजको इन्डिकेसनमा समस्या आएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिएका छन् ।
क्याप्टेनले सिंगल इन्जिनबाट ल्याण्ड गरेको र समस्या के हो भन्ने विस्तृत जानकारी चेकजाँच गरेपछि पत्ता लाग्ने बताइएको छ ।