सान्चोको गोलमा युनाइटेडले लेस्टरलाई हरायो
काठमाडौं, १७ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले लगातार तेस्रो जीत हात पारेको छ । युनाइटेडले लेस्टर सिटीलाई १-० गोलअन्तरले हराएको हो ।
युनाइटेडको जीतमा जेडन सान्चोले एकमात्र गोल गरे । उनले खेलको २३औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बनेको थियो ।
सुरुवाती दुई खेलमा पराजित भएको युनाइटेडले त्यसपछि लिभरपुल साउथह्याम्पटनलाई हराउँदै लय समात्ने प्रयास गरेको थियो ।
जीतसँगै ५ खेलमा ९ अंक भएको युनाइटेड अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पराजित लेस्टर १ अंकसहित पुछारमा छ ।