डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको यथावत्

काठमाडौं, १७ भदौ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको हो ।

योसँगै अब डिजेल र मट्टितेल लिटरको १७८ रुपैयाँ पर्छ । यद्यपि पेट्रोल, हवाई सन्धन र एपी ग्यासको मुल्य भने यथावत् नै राखिएको छ ।

भारतीय आयल कर्पोरेसनबाट बिहिबार नयाँ मूल्यसूची आउनासाथ बेलुका नै बैठक बसेर मूल्य बढाइएको हो ।

यसअघि तीन पटकसम्म मूल्य घटेर आउँदा भने समायोजन गरिएको थिएन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय