भारतबाट बढेर आयो इन्धनको मूल्य
काठमाडौं, १६ भदौ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट इन्धनको मूल्य बढेर आएको छ ।
नेपाल आयल निगमलाई प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ६ रुपैयाँ १२ पैसाले बढेर प्राप्त भएको छ भने खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १ सय रूपैयाँले घटेर आएको छ ।
नयाँ मूल्य प्राप्त भए पनि निगमले उपभोक्ता बिक्री मुल्यबारे भने कुनै निर्णय गरेको छैन ।
यसअघि लगातार तीन पटक घटेर मूल्य प्राप्त भएपनि निगमले बिक्री मूल्य घटाएको थिएन ।