विश्‍वप्रकाश झापा १ बाट सर्वसम्मत उम्मेदवार

झापा, १६ भदौ । नेपाली काँग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।

क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले शर्माको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

यसअघि २०७४ सालको चुनावमा शर्मा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय