जिम्बावेमाथि अस्ट्रेलियाको सहज जीत

काठमाडौं, १५ भदौ । जिम्बावेसँगको एकदिवसीय श्रृंखलामा अस्ट्रेलियाले लगातार दोस्रो जीत हासिल गरेको छ । बुधबार विहान भएको खेलमा अस्ट्रेलियाले जिम्बावेलाई ८ विकेटले हराएको हो ।

जिम्बावेले दिएको ९७ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले १४ ४ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । स्टिभ स्मिथ ४७ तथा एलेक्स केरी २६ रनमा अविजित रहे । जिम्बावेका रिचार्ड गाराभाले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे २७ ५ ओभरमा ९६ रनमा अलआउट भयो । सिन विलियम्सले सर्वाधिक २९ रन बनाउँदा सिकन्दर राजाले १७ रन बनाए ।

जिम्बावेलाई सस्तैमा समेट्न अस्ट्रेलियाका मिचेल स्टार्क र एडम जाम्पाले ३-३ विकेट लिँदा क्यामरन ग्रीनले २ तथा जोश हेजलवूड र एस्टन एगरले १-१ विकेट लिए ।

यस जीतसँगै ३ खेलको श्रृंखलामा अस्ट्रेलियाले २ ० को अग्रता बनाउँदै श्रृंखलामाथि एक खेलअगावै कब्जा जमाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय