अन्तिम सोभियत नेता गोर्भाचेभको निधन

एजेन्सी, १५ भदौ । सोभियत युगका अन्तिम नेता मिखाइल गोर्भाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि गम्भीर रोगसँग लडिरहेका गोर्बाचोभको उपचाररत अस्पतालमै निधन भएको बीबीसीले जनाएको छ ।

पछिल्ला वर्षहरूमा उनको धेरै समय गम्भीर स्वास्थ्य अवस्थाका कारण अस्पतालमै बित्ने गरेको थियो । सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको सत्तामा रहेका उनी सोभियत युगका अन्तिम नेता हुन् ।

सोभियत संघको नेतृत्व गरिरहँदा गोर्बाचोभले गरको दुईवटा सुधारले सोभियत संघको भविष्य परिवर्तन गरेको मानिन्छ । ती सुधार हुन्- ‘ग्लासनोस्’ अर्थात अभिव्यक्ति स्वतन्त्रता र ‘पेरेस्टोइक’ अर्थात पुनर्गठन ।

उनका यी सुधारपछि मात्र सोभियत संघका जनताले सरकारको आलोचना गर्ने अधिकार प्राप्त गरेका हुन् ।

उनको निधनमा विश्वभरीबाट श्रद्धाञ्जली अर्पण भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय