चट्याङ लागेर महिला र बालिकाको ज्यान गयो

रौतहट, १४ भदौ । रौतहटमा चट्याङ लागेर तीनजनाको मृत्यु भएको छ । मङ्गलबार विहान खेतमा काम गर्न गएका बेला चट्याङ पर्दा एक महिला र दुई बालिकाको ज्यान गएको हो ।

रौतहटको गरूडा नगरपालिका-३ मलाहीचोक बस्‍ने सुदनीयादेवी सहनी, उनकी १७ वर्षीया छोरी जगियाकुमारी र अर्का एक स्थानीयकी १८ वर्षीया छोरी मनिषा सहनीको ज्यान गएको हो ।

चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरुको गरूडास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

चट्याङ लागेर एक जना घाइते समेत भएकी छन् । सोही ठाउँमा बस्ने ४० वर्षीया सहेलीदेवी सहनी घाइते छिन् । उनको सिटी अस्पतालमा उपचार भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय