काँग्रेसका मन्त्री थापाविरुद्ध पार्टीमा अन्तर्घातको उजुरी

पोखरा, १३ भदौ । नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापाले स्थानीय चुनावमा अन्तर्घात गरेको भन्दै पार्टी केन्द्रीय कार्यालयमा उजुरी परेको छ ।

नेपाल महिला संघ कास्की क्षेत्र नम्बर-२ सभापति तथा पार्टीको तर्फबाट गएको स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर-८ को अध्यक्ष पदको उम्मेदवार शारदा गिरीले मन्त्री थापासहित अन्य ४ जनाले अन्तर्घात गरेको भन्दै पार्टीमा उजुरी दिएकि हुन ।

उनले मन्त्री थापासहित नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि विरेन्द्रनारायण बिजुक्छे, पूर्व इकाइ सभापति सुभाष सिग्देल, वर्तमान इकाइ सभापति रमेशप्रसाद बराल र क्षेत्रीय प्रतिनिधि गीता पङ्गेनीविरुद्ध पार्टी केन्द्रिय कार्यालयमा उजुरी दिएकी छन् ।

उनले चारतारे झन्डामुनी बसेर पार्टीको उम्मेदवारविरुद्ध अन्तर्घात गर्नेलाई पार्टीले ४ महिनासम्म कारवाही नगरेको भन्दै आक्रोश व्यक्त गरेकी छन् ।

नेपाली काँग्रेस पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले उजुरीमा मन्त्री थापा सहितका ब्यक्तिहरुले खराब आचरण र अनुशासनहिन काम गरेको आरोप समेत लगाएकी छिन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय