बिग ब्यास लिगमा सन्दीप र सुवास ‘अन्सोल्ड’

काठमाडौं, १३ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान एवम् लेग स्पिनर सन्दीप लामिछाने तथा ब्याट्सम्यान सुवास खकुरेल अष्ट्रेलियन बिग ब्यास लिग क्रिकेटको आउँदो संस्करणका लागि ‘अन्सोल्ड’ भएका छन्, अर्थात् उनीहरु दुवैलाई कुनैपनि टोलीले अनुबन्ध गरेका छैनन् ।

योसँगै सन्दीप सन् २०१८ पछि पहिलो पटक बिग ब्यास लिगमा देखिने छैनन् । यसअघि सन्दीप मेलबर्न स्टार्स र होबार्ट हुरिकेन्सबाट खेलिसकेका छन् ।

सन्दीपले बिग ब्यासमा हालसम्म ४३ खेलमा ४८ विकेट लिएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय