हरितालिका तीज सुरु, आज दर खाने दिन

काठमाडौं, १३ भदौ । हिन्दु नारीहरुको पर्व हरितालिका तीज आजदेखि सुरु भएको छ । भोलि तीजको मुख्य दिन व्रत बस्‍नका लागि महिलाहरुले आज आज दर खाँदै छन् ।

माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा रहिआएको छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ । यसले गर्दा निराहार व्रत बस्न‍का लागि आडिलो बनाउँछ ।

महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्‍ने पर्वका रुपमा समेत तिजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन्।

जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्‍ने गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय