एसिया कप क्रिकेट आजदेखि युएईमा सुरु हुँदै

काठमाडौं, ११ भदौ । युएईमा आजदेखि एसिया कप क्रिकेट सुरु हुँदै छ । टी-२० फर्म्याटमा खेलाइने यस प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा साविक विजेता भारत, पाकिस्तान, श्रीलंका, बङ्गलादेश, अफगानिस्तान र हङकङ समावेश छन् ।

हङकङ छनौट चरणमा सबै ३ खेल जित्दै एसिया कपका लागि छनौट भएर आएको हो ।

हङकङले यसअघि पनि एसिया कप खेलेको थियो र भारतलाई झन्डै पराजित गरेको थियो ।

प्रतियोगिताको उद्घाटन खेलमा अफगानिस्तान र श्रीलंका खेल्दै छन् ।

खेल बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • सक्षम प्रधानमन्त्रीलाई बधाई !

    आज फागुन २१ नेपालीका लागि ऐतिहासिक दिन सावित भएको छ। देशकै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै दिन आज प्रतिनिधि...