एसिया कप क्रिकेट आजदेखि युएईमा सुरु हुँदै
काठमाडौं, ११ भदौ । युएईमा आजदेखि एसिया कप क्रिकेट सुरु हुँदै छ । टी-२० फर्म्याटमा खेलाइने यस प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा साविक विजेता भारत, पाकिस्तान, श्रीलंका, बङ्गलादेश, अफगानिस्तान र हङकङ समावेश छन् ।
हङकङ छनौट चरणमा सबै ३ खेल जित्दै एसिया कपका लागि छनौट भएर आएको हो ।
हङकङले यसअघि पनि एसिया कप खेलेको थियो र भारतलाई झन्डै पराजित गरेको थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा अफगानिस्तान र श्रीलंका खेल्दै छन् ।
खेल बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।