नेपाल र केन्याबीचको दोस्रो टी-२०आई खेल आज
काठमाडौं, १० भदौ । केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले टी-२० श्रृंखलाअन्तर्गत दोस्रो खेल आज खेल्दै छ ।
नाइरोबीस्थित जिमखाना मैदानमा खेल अपरान्ह पौने ४ बजेदेखि सुरु हुनेछ ।
यसअघि हिजो भएको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो ।
टी-२० अन्तर्राष्ट्रिय वरियतामा नेपाल १४औं र केन्या ३०औं स्थानमा रहेका छन् ।