बालेन भन्छन्- नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ ?

काठमाडौं, ९ भदौ । काठमाडौंको अल्फाबेटा कम्लेक्समा डोजर चलाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूले केही नबिराएको बताएका छन् ।
भवनले नक्साविपरीत बनाएको संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उक्त कुरा व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ?’
बालेनले अब उपरान्त यस्तो गर्न नपरोस् भन्ने कामना पनि गरेका छन् ।

