अन्ततः अल्फाबेटामा पनि चल्यो डोजर

काठमाडौं, ९ भदौ । काठमाडौंको नयाँ बानेश्‍वरस्थित अल्फाबेटा कम्प्लेक्समा पनि डोजर चलेको छ ।

अवैधानिक ढंगले बनेको संरचना काठमाडौं महानगरका मेयर बालेन साहको सक्रियतामा भत्काइएको हो ।

अल्फाबिटाका सञ्चालकले‍ दाबी गरेजस्तो ती संरचना नक्सा पास गरेर बनाएको नपाइएपछि महानगरले भत्काएको हो ।

विहान पनि अल्फाबेटा पुगेका बालेन र सञ्‍चालकबीच नक्साको विषयमा चर्काचर्की परेको थियो । बालेन दिउँसो दोस्रोपटक नक्सा बोकेरै डोजरसहित कम्प्लेक्स पुगेका हुन् ।

केही दिनयता महानगर प्रमुख बालेन आफैं एक्सनमा उत्रिदैँ अवैध संरचना बनाइएका ठाउँमा डोजरसहित पुगिरहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय