नायिका एवम् भाजपा नेतृ सोनाली फोगतको निधन

एजेन्सी, ७ भदौ । भारतीय नायिका एवम् भारतीय जनता पार्टी (भाजपा(की नेतृ सोनाली फोगतको निधन भएको छ ।

गोवा भ्रमणमा रहेकी उनको हृदयघातका कारण निधन भएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् ।

टिकटक भिडियोका लागि परिचित उनी बिग बोस १४ मा पनि प्रतियोगी थिइन् । उनी वाइल्डकार्डमार्फत् प्रवेश गरेकी थिइन् ।

सन् २००६ मा एन्करिङमार्फत कलाकारिता क्षेत्रमा प्रवेश गरेकी उनी २००८ मा भाजपाको सदस्यता लिएकी थिइन् ।

सन् २०१६ मा उनका पति संजय फोगत पनि फार्महाउसमा मृत भेटिएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...