नायिका एवम् भाजपा नेतृ सोनाली फोगतको निधन
एजेन्सी, ७ भदौ । भारतीय नायिका एवम् भारतीय जनता पार्टी (भाजपा(की नेतृ सोनाली फोगतको निधन भएको छ ।

गोवा भ्रमणमा रहेकी उनको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

टिकटक भिडियोका लागि परिचित उनी बिग बोस १४ मा पनि प्रतियोगी थिइन् । उनी वाइल्डकार्डमार्फत् प्रवेश गरेकी थिइन् ।
सन् २००६ मा एन्करिङमार्फत कलाकारिता क्षेत्रमा प्रवेश गरेकी उनी २००८ मा भाजपाको सदस्यता लिएकी थिइन् ।
सन् २०१६ मा उनका पति संजय फोगत पनि फार्महाउसमा मृत भेटिएका थिए ।