एमालेको आग्रहमा प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

काठमाडौं, ७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहमा प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित गरिएको छ ।

मंगलबारदेखि १२ गतेसम्म पार्टीका विभिन्‍न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्‍न सभामुखसमक्ष आग्रह गरेको थियो ।

एमालेको आग्रहअनुसार प्रतिनिधिसभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

नेकपा एमालेको आज स्थायी कमिटी बैठक छ । त्यसैगरी ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...