कैलालीमा शंकास्पद वस्तु फेला

-फाइल तस्वीर

कैलाली, ७ भदौ । नेत्रविक्रम चन्द विपलव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको दिन विहानै कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् ।

गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल-अत्तरिया सडकखण्ड र पूर्वपश्चिम राजमार्गअन्तर्गत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको जनाइएको छ ।

शंकास्पद वस्तु बन्दकर्ताले नै राखेको हुनसक्ने अनुमान छ । उक्त वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली बोलाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय