लिभरपुलमाथि युनाइटेडको जीत

काठमाडौं, ७ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा म्यान्चेस्टर युनाइटेडले पहिलो जीत हात पारेको छ । गएराति भएको खेलमा युनाइटेडले लिभरपुललाई २-१ गोलअन्तरले हराएको हो ।

युनाइटेडको जीतमा जेडन सान्चो र मार्कस रासफर्डले १-१ गोल गरे भने लिभरपुलका मोहमद सालाहले सान्त्वना गोल फर्काए ।

खेलको १६औं मिनेटमा सान्चोको आकर्षक गोलमार्फत घरेलु टोली युनाइटेडले अग्रता लिएको थियो । दोस्रो हाफको ५३औं मिनेटमा रासफर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

८१औं मिनेटमा सालाहले एक गोल फर्काएपनि लिभरपुल खेलमा भने फर्कन सकेन र युनाइटेड २-१ ले विजयी भयो । लिभरपुलले यस सिजन जीत हासिल गर्न सकेको छैन । सुरुका दुई खेलमा बराबरी खेलेको थियो ।

यस जीतसँगै ३ खेलबाट ३ अंक भएको युनाइटेड अंकतालिकाको १४औं स्थानमा उक्लिएको छ भने पराजित लिभरपुल ३ खेलबाट २ अंक जोड्दै १६औं स्थानमा रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय