एसिया कप छनौट: सिंगापुरमाथि युएईको सहज जीत

काठमाडौं, ७ भदौ । ओमानमा जारी एसिया कप क्रिकेटको छनौटमा युएईले पहिलो जीत हात पारेको छ । युएईले सिंगापुरलाई ४७ रनले हराएको हो ।

युएईले दिएको १६१ रनको लक्ष्य पछ्याएको सिंगापुर १८ ३ ओभरमा ११३ रनमा समेटियो । अरित्रा दत्तले सर्वाधिक ४२ रन बनाए भने अन्यले उल्लेख्य योगदान दिन सकेनन् ।

युएईका जुनेद सिद्दिकी र कार्तिक मेइयप्पनले ३-३ विकेट लिए भने सुल्तान अहमद, सबिर अली, बासिल हमिद र जवार फरिदले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो । मोहम्मद वासिमले ५८ तथा बासिल हमिदले ३८ रन बनाए ।

सिंगापुरका जनक प्रकाशले ३ विनोथ भास्करनले २ तथा अदित्या भार्गवा र अक्षय पुरीले १-१ विकेट लिए ।

यस छनौटमा युएई, हङकङ, कुवेत र सिंगापुरले प्रतिस्पर्धा गरिरहेका छन् । चारमध्येबाट एक टोली एसिया कपमा छनौट हुनेछन् ।

एसिया कप आउँदो शनिबारदेखि युएईमा सुरु हुँदै छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय