थप ६५८ जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु

काठमाडौं, ६ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३८१ पीसीआर परीक्षणमा ४०५ जना र३२६२ एन्टिजेन परीक्षणमा २५३ जना गरी कुल ६५८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४५६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ४२९६ जना सक्रिय संक्रमित रहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय