‘पार्टी कार्यालय खुल्यो’ भनेको १० मिनेटमै बाबुरामलाई दुई सय गाली !

काठमाडौं, ६ भदौ । नेपाल समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी कार्यालय खुलेको जानकारी दिएको १० मिनेटमा झन्डै दुई सय गाली खाएका छन् ।

काठमाडौको तिनकुने, सुविधानगरमा उनले पार्टी कार्यालय खुलेको जानकारी कार्यालय अगाडि आफै उभिएको फोटो सहित फेसबुकमार्फत गराएका थिए । उनले पार्टी कार्यालय खोलेकै दिन पार्टीका केन्द्रीय उपाध्यक्ष दानबहादुर चौधरी एमाले प्रवेश गरेका छन् ।

बाबुरामको फेसबुकमा कमेन्ट गर्नेमध्ये धेरैले पार्टी कार्यालय खोलेर छुट्टै नाङ्ले पसल खोल्न भन्दा सिधै पेरिसडाँडा गए हुने भनेका छन् । पेरिसडाँडा नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय हो ।

नयाँ शक्ति पार्टीको घोषणासँगै ७ वर्षअघि बाबुरामले माओवादी छाडेका थिए । त्यति बेला माओवादीलाई रातो स्टिकर लागेको घर भनेर निस्केका बाबुराम अहिले सोही पार्टीको चुनाव चिन्ह मार्फत मंसिर ४ को निर्वाचन लड्ने भएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय